इक्यानको अध्यक्षमा पाण्डे, उपाध्यक्षमा तिमल्सिना र रिजाल बिजयी

ecann

 काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे विजयी भएका छन । पाण्डेले प्रत्यासी सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गर्दै इक्यानको नेतृत्व हात परेका हुन ।

 कुल खसेको ३४३ मतमध्ये पाण्डेले १७७ मत ल्याए भने बस्नेतले १६५ मत ल्याएका थिए । उपाध्यक्षमा सबैभन्दा बढी मत ल्याएर बस्नेत समुहका महेशबाबु तिमल्सिना प्रथम उपाध्यक्षमा निर्वाचित भएका छन् । तिमल्सिनाले १७९ मत ल्याए । उपाध्यक्षमा बस्नेत समुहकै राजेन्द्र रिजालले १७६ मत र पाण्डे समुहका देविदास भट्टराईले १६९ मत ल्याएर क्रमशः दोस्रो र तेस्रो उपाध्यक्ष भएका छन्  ।

 त्यस्तै महासचिव पदमा पाण्डे समूहका शेषराज भट्टराईले ६६ मतको अन्तरले बस्नेत समुहका सन्तोष प्याकुरेललाई पराजित गरेका छन् । भट्टराईले २०३ मत र प्याकुरेलले १३७ मत प्राप्त गरे । सचिव पदमा दीपकराज भुसाल र बिक्रम केसी विजयी भएका छन् । भुसाल पाण्डे समूह र केसी बस्नेत समूहबाट उम्मेदवार थिए ।

  कोषाध्यक्षमा पाण्डे समूहका गोविन्द अधिकारी विजयी भएका छन् । त्यस्तै सह–कोषाध्यक्षमा पाण्डे समूहकी उम्मेदवार निरुपमा महर्जन विजयी भइन । उनले १७० मत ल्याइन । सदस्यहरुमा बासुदेव दाहाल, कर्णबहादुर गुरुङ, सुस्मा आचार्य, सुदन चौहान, बालकृष्ण श्रेष्ठ, प्रकाश श्रेष्ठ , सुनिता श्रेष्ठ ,यज्ञविलास पौडेल र प्रशान्त शाह निर्वाचित भएका छन् ।

Comments

Top