मुम्बईविरुद्ध राजस्थानको रोमान्चक जित

mumbai vs rajasthanकाठमाडौं । इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बईविरुद्ध रोमान्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । राजस्थानले १६८ रनको विजय लक्ष्य १९ ओभर ४ बलमा पूरा गर्‍यो । राजस्थानको ६ म्याचमा यो तेस्रो जित हो भने मुम्बईलाई पाँच म्याचमा चौथो हारको सामना गर्नुपरेको छ ।

राजस्थानको जितमा सन्जु सामसनले ५२ रनको शानदार अर्धशतक बनाए । यसैगरी बेन स्टोक्सले ४० र कृष्णप्पा गौतमले ११ बलमा अविजित ३३ रनको पारी खेले ।
मुम्बईका लागि जसप्रित बुमराह र हार्दिक पाण्ड्याले दुई–दुई विकेट लिए भने मिचेल मेक्लेंघन, क्रुणाल पाण्ड्या, मुस्ताफिजुर रहमानले एक–एक विकेट झारे ।

कृष्णप्पा गौतमले ११ बलमा अविजित ३३ रनको धमाकेदार पारी खेलेर रोमान्चक जित दिलाएका हुन् । सन्जु सामसन र बेन स्टोक्सले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेपनि राजस्थान अन्तिम ओभरमा ब्याकफुटमा देखिएको थियो ।

गौतमले त्यतिबेला टिमलाई सम्हाले जतिबेला १७ बलमा ४३ रन आवश्यक थियो । तर, उनले नै म्याचको पासा पल्टाइदिए । उनले चार चौका र दुई छक्का प्रहार गर्दै टिमको स्कोर १९ ओभर ४ बलमा सात विकेटमा १६८ रनका लक्ष्यसम्म पुर्‍याए ।

Comments

Top