राधिका हमाल यसरी बनिन मायामा पागल ( भिडियो सहित )

 

 radhika

काठमाडौं । डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा कर्णविर शाहीको लोक सौगात 'केटी मै ध्यान जाने' गीतमा गायक कर्णविर शाही र गायिका राधिका हमालको लोकदोहोरी एल्बम बजारमा आएको छ ।

 किशोर अवस्थामा रहेका केटाकेटीमा हुने मनोवैज्ञानिक भावलाई गीतमा समावेश गरिएको छ । मायामा परेका मायालु जोडीमा हुने एक अर्का प्रतिको आकषर्णलाई गीतमा ब्यक्त गरिएको छ । दर्शक माझँमा सर्वोकृष्ट रचनाहरुमा आफनो आवाज दिदैँ आएकी गायिका राधिकाले आफु मायामा पागल बनेको कुरा खोलेकी छन ।

 कर्णविर शाहीको सर्वोकृष्ट शब्द तथा लय सिर्जनामा जिवनको बास्तविक भावहरुलाई गीतमा समेटेर तयार पारिएको छ । गीतको निर्देशन काजिश श्रेष्ठले गरेका हुन भने गीतको भिडियोमा मोडल करिष्मा ढकाल, गीतको छायाँकन अजय रेग्मी र सम्पादन दिपक विष्टले गरेका छन । 

भिडियोको लागी तलको लिंकमा जानुहोस् 

https://www.youtube.com/embed/Kxe0oH6B-Wg

Comments

Top