प्रियंकालाई धम्की दिने को ?

prinka karkiकाठमाडौं । अभिनेत्री प्रियंका कार्कीले उनका फ्यान मध्ये एक जना अपरिचित व्यक्तिले धम्कीपूर्ण चिठि दिएको खुलासा गरेकी छन् । फ्यानबाट धम्कीपूर्ण पत्र पाएपछि उनका बाबुले कमलपोखरी प्रहरीलाई जानकारी गराएका छन् । कार्की ज्ञानेश्वरस्थित पुख्यौंली घरमा बस्दै आएकी थिइन् । उनी त्यहाँबाट सर्न लागेकी छन् ।

फ्यानको चेतावनीपूर्ण पत्र भन्दा पनि घर साँघुरो भएकाले सर्न लागेको उनले जानकारी दिएकी छन् । थप कारण भने सबैलाई घरको ठेगाना दिँदा हुने यस्ता व्यवाहार पनि रहेको उनले खुलाएकी छन् ।

‘म पहिले सामान डेलिभरी वा अरु प्रयोजनका लागि जोसुकैलाई आफ्नो घरको ठेगाना दिने गर्थें तर त्यसो गर्नु नहुने रहेछ’, प्रियंकाले भनेकी छन् । उनले अब कसैलाई पनि आफ्नो बस्ने घरको ठेगाना नदिने समेत जनाएकी छन् ।

उनलाई धम्कीपूर्ण भाषामा आएको पत्रमा ‘म तिमीलाई माया गर्छु । तर तिमिले भेट दिएनौ । नतिजा जे पनि राम्रो हुनेछैन’ लेखिएको उनले उल्लेख गरेको खुलाएकी छन् ।

Comments

Top