किम दक्षिण कोरिया पुग्दाको क्षण

kimकाठमाडौं । आपसी युद्धमा होमिएको उत्तर र दक्षिण कोरियाले एक आपसमा मिल्ने संकेत देखाएका छन् । एक महिना अघिसम्म युद्धको संघारमा रहेका यि दुई देशका जनताले अब शान्तिको श्वास फेर्न पाउने भएको देखिएको छ । विश्वलाई नै आश्चर्यचकित पार्दै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले शान्ती वार्ता गर्नका लागि पहिलो पटक सैनिक रेखा पार गर्दै दक्षिण कोरियामा प्रवेश गरेपछि कोरियालीहरु निकै खुसी भएका छन् ।

किमलाई स्वागत गर्नका लागि दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन सीमा रेखा नजिकै पुगेका थिए । हात मिलाएर उत्तर कोरियाका नेता किमलाई स्वागत गरेसँगै उनले दक्षिण कोरियाका नेतालाई केही छिनका लागि भए पनि सैनिक सीमा रेखा पार गरेर उत्तर कोरियाको जमिनमा खुट्टा राख्न आग्रह गरेका थिए । राष्ट्रपति इनले पनि मुस्कुराउँदै सीमा पार गरी उत्तरको जमिनमा टेकेका थिए । त्यसलगत्तै किमलाई दक्षिण कोरियाको सेनाले विशेष सलामीसहित ुगार्ड अफ अनरु दिएको थियो ।

दुई नेताहरुबीच निकै सौहार्दपूर्ण वातावरणमा वार्ता भएको बताइएको छ । उनीहरुबीच शान्ती सम्झौता लगायत आणवीक कार्यक्रमका बारे पनि छद्यफल हुने बताइएको छ । दुई कोरिया विभाजित भए यता किम दक्षिण कोरिया पुग्ने पहिलो उत्तर कोरियाली नेता हुन् । किमलाई कोरियाको शासक मानिदै आइएको छ ।

Comments

Top