यूवा परियोजनाको खेलकुद कार्यक्रम सुरु

yuwaapar

 मोरङ । राष्ट्रिय खेलकुद परिषद्को स्पोर्टस साइन्स एकेडेमी अफ नेपाल अन्तर्गत यूवा परियोजनाको खेलकुद कार्यक्रम मोरङमा सुरु भएको छ । शनिबारदेखि सुरु भएको पहिलो चरणको कार्यक्रममा विराटनगर महानगरपालिकामा अवस्थित नीजि तथा सामुदायिक विद्यालयका १ सय ४० जना विद्यार्थीको सहभागिता छ।

 ५२ सातासम्म चल्ने कार्यक्रमको उद्घाटनका क्रममा स्पोर्टस साइन्स एकेडेमीका निर्देशक नविन उप्रेतिले खेलकुदको विकासका लागि यस प्रकारको कार्यक्रम दीर्घकालका लागि उपयोगी हुने बताए। कार्यक्रमबारे स्पस्ट पार्दै भने, “परिषद् अब खेलाडीको संख्या भन्दापनि, योग्य र क्षमतावान खेलाडी तयार गर्न अग्रसर भएको छ।” तीनमहिनापछि, उत्कृष्ठ खेलाडी चयन हुने स्पोटर्स साइन्स एकेडेमी अफ नेपाल सानले जनाएको छ। उत्कृष्ठ खेलाडीले पोशाक, त्यसपछि बाकी रहेको तालिमको खर्चमा मासिक ४ हजार रुपैया पाउनेछन्।

 ती खेलाडी विद्यार्थीले स्थानीयस्तरकै विद्यालयमा छात्रवृत्ति समेत पाउनेछन्। हाल तालिममा १ सय ४० जना विद्यार्थीको सहभागिता रहेको छ। उक्त तालिममा १२ वर्षमूनिको पहिलो समूह, १२ देखि १४ वर्ष उमेरको दोश्रो समूह र १४ देखि १६ वर्ष उमेरको तेश्रो समूह छ। तालिममा फुटबलमा १ सय २० जना, क्रिकेटमा १५ जना, टेबलटेनिसमा १० जना र ५ जना ब्याडमिन्टनमा रहेकाछन्। त्यसैगरि मोरङको बेलबारीमा समेत फुटबलका लागि १ सय जनाको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

तलिमका लागि मासिक ५ सय रुपैया शुल्क खर्च विद्यार्थीका अभिभावकले तिर्नुपर्ने हुन्छ। यस कार्यक्रमका लागि यकिन बजेट फर्छौट भइनसकेको अवस्थामा सानले खेलकुद सामग्री उपलब्ध गराउने समितिको भनाइ छ।

 

Comments

Top