धुर्मुस सुन्तली फाउण्डेशनलाई कंगारुको आर्थिक सहयोग

kangaroकाठमाडाैं। कंगारु एजुकेशन फाउण्डेशनले धुर्मुस सुन्तली फाउण्डेशनलाई आर्थिक सहयोग गरेको छ । ११ अाैं वार्षिकोत्सवको उपलक्ष्यमा कंगारुले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदै गरेको धुर्मुस सुन्तली फाउण्डेसनलाई एक लाख सहयोग गरेको हो ।

कंगारुका फाउण्डर सिइओ महेशबाबु तिमल्सिनाले क्रिकेट रंगशाला निर्माण हुँदा खेल क्षेत्रको विकास हुने भन्दै रंगाशाला निर्माणका लागि सहयोग गरेको बताए । कंगारु ‘डे’ को उपलक्ष्यमा आज सडक सरसफाइ कार्यक्रमकाे पनि अायाेजना गरिएको थियो ।

विदेशी शैक्षिक संस्थाहरुसँग सहकार्य गरि नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि विदेश पठाउने काम गर्दै आएको कंगारुले तयारी कक्षा सञ्चालन गर्ने देखि विदेशका शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुलाई भर्ना गराउन र भिषा प्रक्रियामा सहयोग गर्दै आएको छ ।

Comments

Top