नेविसंघ अध्यक्ष महरलाई बर्खास्तको तयारी, बैठक भाड्न कोइराला सक्रिय

mahar

 काठमाडौं। नेपाल बिद्यार्थी संघका अध्यक्ष नैनसिंह महरलाई कार्यसमितीका  बहुमतप्राप्त पदाधिकारीहरुले भोली बैठक राखी हटाउन लागेको समाचार बाहिर आएपछि नेविसंघमा तरंग मच्चिएको छ । अध्यक्ष नैनसिंह महरले एकलौटी रुपमा संगठन चलाएका कारण भोली उपाध्यक्ष रामप्रसाद अधिकारी  महामन्त्री कुन्दन काफ्ले, प्रकाश राना र नबिन राईलगायतका नेताहरुले बैठकको आयोजना गरी महरलाई बर्खास्त गर्न लागेको कार्यसमितीका एक पदाधिकारीले वताए  ।

 जुन कुरा बाहिरिएपछि कांग्रेस महामन्त्री सशांक कोइरालाले नेविसंघका केही नेताहरुलाई बोलाएर बैठक भाड्ने डिजाइन गरेको कोइराला निकट स्रोतले वतायो । पछिल्लो समय देउवासँग नेता कोइराला नजिक हुन थालेको चर्चा छ। नेविसंघमा बहुमतप्राप्त कार्यसमितीका पदाधिकारीहरुलाई कांग्रेस नेता नेता प्रकाशमान सिंह, गगन थापा र प्रदिप पौडेललगायतका युवा नेताहरुको साथ रहेको छ।

 बर्तमान केन्द्रीय समितीका गतिबिधीले बिधानले ब्यबस्था गरे अनुसार नियमीत अबिधेसनको सम्भाबनालाइ शुन्य बनाइसकेको देखिन्छ भने जिल्ला र क्याम्पसहरुमा रहेका बिबादहरु मिलाउने भन्दा पनि पछिल्लो समय जिल्ला र क्याम्पसहरुमा झन झन नयाँ बिबादहरु बढिरहेको देखीन थालेको छ।

 अध्यक्ष महरले जिल्ला र क्याम्पसहरुमा बिधिवत अबिधेसनको प्रकृया अघाडि बढाएर नेविसंघलाइ महाधिबेसन उन्मुख  गराउने भन्दा गुटगत अभ्यासलाई बढाउदा नेविसंघ अहिलेको अवस्थामा पुगेको पदाघिकारीहरुले बताउने गरेका छन । भोली बैशाख २० गते काठमाडौको बाल्मीकी बिधापिठमा बैठकको तयारि भएको छ। 

Comments

Top