के गर्दैछन् गुप्तचर निकायका प्रमुख ?

dilipregmi

 काठमाडौं । देशको एकमात्र गुप्तचरी गर्ने निकाय राष्ट्रिय अनुसन्धान (राअ) विभाग लथालिंग जस्तै अवस्थामा पुगेको छ । मुलुकमा पाँच वर्षको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा स्थायी सरकार बनेपनि गुप्तचर निकायका प्रमुख दिलिप रेग्मी भने विना योजना पदमा बसिरहेका छन् ।

 नयाँ सरकार गठन भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा धमाधम बढुवा र सरुवालगायत नीति निर्माणका कार्यहरु अगाडि बढेका छन् । तर राअमा भने रेग्मीले कुनै पनि कार्य योजना ल्याउन सकेका छैनन् । जवकी नेपाल प्रहरी र सशस्त्र प्रहरी संघीय संरचनामा जाने गरी दिनहँु जसो नीति निर्माणमा जुटिरहेको अवस्था छ ।
गुप्तचर गर्ने निकाय नै पंगु बन्न थालेपछि प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेर आफ्नो कार्यालय मातहत लैजान लागेका हुन् । यस बारेमा गृह मन्त्रालयले समेत कुनै चासो नराख्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । राअ विभागमा ठूलो संख्यामा पदहरु रिक्त रहेपनि रेग्मीको असक्षमताकै कारण पदपूर्ति हुन सकिरहेको छैन ।

 हाल विभागका २ डिआईजी, १० एसएसपी, १३ एसपी तथा २० प्रमुख डिएसपी देखि तल्लो तहमा पनि धेरै रिक्त छन् ।  देशको आन्तरिक सुरक्षा र विदेशी चलखेलको सूचना संकलनका लागि गठन गरिएको गुप्तचरी निकाय राअ नै पंगु बनेपछि सूचना संकलन हुनु त परै जाओस् भएका सूचना पनि विदेशी दूतावासमा विक्री हुने गरेको समाचार यस अघि नआएका पनि होइनन् ।

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको अवैध सुन तस्करी, लागूऔषध कारोबार गर्ने विदेशी गिरोह, वेला वखत विदेशी आतंकवादी संगठनका सदस्य नेपालमा पक्राउ पर्दा समेत राअले अहिलेसम्म कुनै सुईको पाउन सकेको छैन ।
त्यस्तै विप्लव माओवादीले फैलाईरहेको आतंकको सञ्जालको बारेमा पनि राअ बेखवर छ ।

 जवकी भारतको गुप्तचरी निकाय ‘रअ’ देश विदेशमा निकै सक्रिय रहँदै आएको छ । भारतमा ‘रअ’ ले दिएको सूचनालाइ सरकारले तुरुन्तै कार्यान्वयन गर्दछ । तर, नेपालमा भने राअबी सूचना विहिन हुँदै गएपछि विघटनको अवस्थामा पुगेको छ ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ 

Comments

Top