घैटेलाई गुरु भन्ने यि डिएसपीमाथि नै अनुसन्धानको माग

sudippathak

 काठमाडौं । पछिल्लो समय ३३ किलो सुन प्रकरणले छानबिनले नयाँ मोड लिने क्रममा छानबिन समितिमै रहेकाहरुको छानबिन हुनुपर्ने प्रश्न उठेको छ । सनम हत्या प्रकरण छानबिन हुँदै गर्दा छानबिन समितिमै रहेका एक डीएसपीको भूमिकामाथि छानबिन गर्नुपर्ने आवाज उठेको छ ।

सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन तिसमितिमा रहेका डीएसपी सुदीप पाठकमाथि नै छानबिन हुनुपर्ने आवाज उठेको छ ।

प्रहरीको तत्कालीन अपराध महाशाखाका प्रमुखका रुपमा अहिलेका आईजीपी सर्वेन्द्र खनाल भएको बेला उनकै मातहतमा महाशाखामा कार्यरत डीएसपी पाठकको प्रहरीद्वारा इन्काउन्टर गरिएका कुमार  घैंटेसँग राम्रो कनेक्सन रहेको स्रोतहरुले दाबी गरेका छन् ।

अनौपचारिक कुराकानीमा घैंटेलाई गुरु भनेर सम्बोधन समेत गर्ने उनले घैंटेसँगको मिलेमतोमा त्यतिबेलै राम्रो आर्जन गरेको स्रोतको दाबी छ । त्यतिबेला महाशाखा प्रमुखले सिधै तत्परता लिएर घैंटेको इन्काउन्टर गरेपछि आफू महाशाखाको अप्रेसनमा भएकोमा आफूलाई समेत थाहा नदिई इन्काउन्टर गरेको भन्दै पाठकले बबाल मच्चाएका थिए ।

त्यसो त इन्काउन्टर हुँदै गरेको सूचना तत्कालीन प्रमुख खनालले चुहाएका भए पाठकले नै घैंटेलाई पूर्वसूचना दिएर भगाउन सक्ने खतरा देखेरै सूचना नदिएको बताइन्छ । त्यसो त इन्काउन्टरपछि घैंटे समर्थकहरुको बानेश्वरमा गोप्य भेला आयोजना गरेकोमा सो भेलामा पनि पाठक उपस्थित भएका थिए ।

पाठकसमेत प्रहरीले गरेको कारबाहीविरुद्ध भएको मोर्चाबन्दीमा सहभागी भएको सीसीटिभी फुटेज प्रधान कार्यालय पुगेपछि उनी शंकाको घेरामा रहेको बताइन्छ । कर्तुत प्रमाणित भएपछि आफूलाई सिध्याउने डरले पाठक शक्ति लगाएर तत्कालीन प्रधानमन्त्री केपी ओलीको बडीगार्ड बस्न सफल भए ।

शक्तिमा रहेपछि कसैले छुन नसक्ने भन्दै उनले आफूविरुद्ध लाग्नेहरुलाई छानीछानी बदला लिने प्रयास त्यतिबेला गरेका थिए । तर, उनी सफल हुन सकेका थिएनन्। 

बडीगार्डमा रहँदा पनि शंकास्पद भूमिकामा रहेपछि उनलाई हटाइएको थियो । तिनै व्यक्तिले अहिले पुरानै विषय उप्काएर आईजी खनाललाई असहयोग गर्ने गरी भूमिका खेलेको भन्दै आईजी सचिवलायको नोटिसमा परेको बताइएको छ ।बुधबारमा उल्लेख छ ।

Comments

Top