यस कारण फसे भारतीय प्रधानमन्त्री मोदी

modiकाठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जिउँदै व्यक्तिलाई श्रद्धाञ्जली दिएको विषयले सञ्चारमाध्यमहरु मात्र रंगिएका छैनन्, सर्वासाधरण समेत अचम्मित बनेका छन् । विहारमा भएको बस दुर्घटनाको विषयमा प्रधानमन्त्री मोदी फसेका हुन् । प्रधानमन्त्री जस्तो विशिष्ठ व्यक्ति पनि हल्लाको पछि लाग्दा फसेका हुन् । मोदी मात्र नभई बिहारका मुख्यमन्त्री नितिश कुमार, उपमुख्यमन्त्री सुशील कुमार मोदी र पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवसमेत यो घटनामा फसेका छन् ।

बिहारको मोतिहारीमा भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको खबर आएलगत्तै मोदीले ट्वीटरमार्फत् दुःख व्यक्त गर्दै दिवंगत व्यक्तिहरुलाई श्रद्धाञ्जली दिए । वास्तवमा सो दुर्घटनामा कसैको पनि मृत्यु भएको थिएन तर, २७ जनाको मृत्यु भएको भनेर हल्ला फैलियो । त्यो सूचना आएलगत्तै भारतीय प्रधानमन्त्री मोदीलगायतले दुर्घटनामा मृत्यु भएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गरे ।

बिहारको मुजफ्फरपुरबाट दिल्ली जाँदै गरेको बस बिहीबार पूर्वी चम्पारण जिल्लाको कोटवा थाना क्षेत्र दुर्घटना भएको थियो । भारतीय एक मिडियामा २७ जनाको मृत्यु भएको खबर आएलगत्तै प्रधानमन्त्री मोदीदेखि सर्वसाधारणसम्मले दुःख व्यक्त गर्न सुरु गरेका थिए ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले एक सरकारी कार्यक्रममा सहभागी भइरहेको बेला दुर्घटनाको खबर पाएका थिए । लगत्तै उनले शोक व्यक्त गरे र एक मिनेट मौनधारण पनि गराएका थिए ।

त्यतिमात्रै होइन मुख्यमन्त्री कार्यालयबाट शोक विज्ञप्ति जारी गरियो जसमा लेखिएको छ–‘बिहारको यस दुर्घटनामा जो व्यक्ति मारिएका छन्, उनीहरुका परिवारलाई नियमअनुसार आर्थिक सहायता उपलब्ध गराइने छ ।’
हल्लाको पछाडी लाग्दा विशिष्ठ व्यक्तिहरु नै भ्रममा परेका हुन् । पूर्ण रुपमा जानकारी नै नलिई श्रद्धाञ्जली दिनु उचित होइन् । तर, यतातिर कसैको ध्यान जान सकेन र प्रधानमन्त्री जस्तो विशिष्ठ व्यक्तिले मर्दै नमरेका व्यक्तिलाई ‘हार्दिक श्रद्धाञ्जली’ भन्न पुगे ।

Comments

Top