यसरी तुहियो आफैमाथि गोली हान्न लगाउने श्रीनिवासको भारत भाग्ने योजना

arun bcकाठमाडौं । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासले आफैंमाथि गोली हान्न लगाएको खुलेको छ । धार्मिक र साम्प्रदायिक हिंसा भड्काउने योजनाका साथ उनले आफ्नै अंगरक्षकलाई गोली हान्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको हो ।

आफूले आफैंलाई गोली हान्न लगाएको अभियोगमा मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो। उनी पक्राउ परेसँगै यो रहस्य खुलेको हो । काठमाडौंबाट पक्राउ परेका उनलाई मोरङ प्रहरीले दिउँसो अन्य दुई अभियुक्तसहित अचार्यलाई सार्वजनिक गरेको छ । उनी काठमाडौं हुँदै भारततिर पलायन हुने योजनामा रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी अरुण बिसीका अनुसार दुई जना पक्राउ परेपछि श्रीनिवास काठमाडौं हुँदै भारत जाने योजनामा थिए । तर, उनलाई आइतबार नै मोरङ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन भरपपुर बेलचोकका २९ वर्षीय माधव चौधरी र नवलपरासी गैंडाकोट ५ का ३२ वर्षीय सन्तोष भन्ने लक्ष्मीराज अधिकारी छन् । चौधरी, आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अधिकारीले भने पेस्तोल व्यवस्थापनको काम गरेका थिए । हिन्दू धर्मावलम्बी र धर्म गुरुहरुलाई आन्दोलनका लागि उक्साउन आचार्य श्रीनिवास आफैंले योजना बनाएर गोली हान्न लगाएको पाइएको मोरङ प्रहरीका प्रमुख एसपी अरुण बिसीले जानकारी दिए ।

आचार्यमाथि चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह लगाउन पुगेका श्रीनिवासमाथि गोली प्रहार भएको थियो। तर, अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरिएको हो। उनको छातीमा गोली लागेको थियो । प्रहरीका अनुसार आचार्यले हातमा गोली हान्न भनेका थिए तर, गल्तीले छातिमा लागेको हो ।

Comments

Top