एक्सपर्ट एजुकेसनको १२ औँ शाखा महाराजगञ्जमा

expart

काठमाडौं । विगत डेढ दशकदेखि उच्च शिक्षाका लागि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आईरहेको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले आफ्नो १२ औँ शाखा राजधानीको महाराजगञ्जमा विस्तार गरेको छ ।

पुतलीसडकबाट सेवा प्रबाह गर्दै आएको एक्सर्पट एजुकेसनले १२ औँ शाखा महाराजगञ्जमा स्थापना गरेको हो । अष्ट्रेलियन राजदुत पिटर बडले बुधबार शाखाको औपचारिक उद्घाटन गर्दै बिद्यार्थीहरुलाई अष्ट्रेलियामा गुणस्तरिय शिक्षा प्राप्त गर्नमा एक्सर्पट एजुकेसनको ठूलो योगदान रहेको बताए । उनले अध्ययन पूरा गरिसकेका नेपाली बिद्यार्थीहरु स्वदेश फर्किसके पछि पनि समग्र राष्ट्रको बिकासमा उनीहरुको योगदान महत्वपूर्ण रहने उल्लेख गरे ।

कार्यक्रमको सभापतित्व भने महाराजगञ्ज शाखाका डाइरेक्टर जयराम अर्यालले गरेका थिए । उक्त कार्यक्रममा सेवाग्राहि विद्यार्थीका अभिभावकहरुले एक्सपर्टको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन भने राधाकृष्ण धितालले गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै एक्सपर्टका प्रबन्ध निर्देशक खेम सङग्रौलाले अष्ट्रेलियामा रहेका बिभिन्न युनिभर्सिटी तथा कलेजका बिज्ञहरुबाट छोटो समयमा बिद्यार्थीहरुलाई परामर्श तथा जानकारी दिनु एक्सपर्टको मुख्य उद्देश्य रहेको बताउँदै आगमी दिनमा आफ्नो संस्थाले थप प्रभावकारी सेवा प्रदान गने बताए ।

नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले बिद्यार्थीहरुको उद्देश्य प्राप्तीको लागि एक्सपर्टले प्रदान गर्दै आएको भूमिकाको प्रशंसा गर्दै नयाँ शाखा विस्तारको उपलक्ष्यमा शुभकामना व्यक्त गरे ।

एक्पर्टको नेपाल र अष्ट्रेलियामा गरी २९ वटा शाखा विस्तार भएका छन् भने बसुन्धारा शाखा नेपालको लागि १२ औं शाखा हो । 

Comments

Top