भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा

modiktm

  काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरबाट काठमाडौं ओर्लिएका छन् । शुक्रबार बिहान साढे १० बजे एयर इन्डियाको विशेष विमानबाट जनकपुर विमानस्थलमा अवतरण गरेका उनलाई जनकपुरको जानकी मन्दिर परिसरमा उनलाई प्रधानमन्त्री केपी ओलीले स्वागत गरेका थिए। उनले जानकी मन्दिरको दर्शन गरेपछि बाह्राबिगाहमा उनको नागरिक अभिनन्दन गरिएको थियो।

 उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत गका छन् । मोदी होटेल ह्याततर्फ लागेका छन् । बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा केही समय विश्राम गरेर टुँडिखेलमा पुग्ने मोदीलाई नेपाली सेनाले  गार्ड अफ अनर सम्मान दिँदै छ ।

Comments

Top