मोदीद्वारा मुक्तिनाथ मन्दिरमा विशेष पूजा

modinepal

 काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज मुक्तिनाथ मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् । बिहानै मुक्तिनाथ पुगेका मोदीले विधि र परम्पराअनुसार झण्डै वीस मिनेट  पूजा गरेका हुन् ।
मोदीको स्वागतमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, संस्कृति मन्त्री रविन्द्र अधिकारसहितका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।मोदीलाई बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम उपहार दिएका थिए । मोदीले योबीचमा मुक्तिनाथ मन्दिर परिसरमा झण्डै १ घण्टा बिताए । मोदी केहीबेरमा जोमसोम जाने र त्यहाँबाट हेलिकोप्टर परिवर्तन गरेर काठमाडौं फर्किने कार्यक्रम छ ।

Comments

Top