बाग्लुङ र दैलेखमा प्रभुको एकै दिन चार वटा शाखा उद्घाटन

prabhu bankकाठमाडौं । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीयतहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले बाग्लुङ र दैलेखमा गरी चार स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाग्लुङ जिल्लाको निसीखोला गाउँपालिका–४ र तमानखोला गाउँपालिका–१ तथा दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका–२ र गँुरास गाउँपालिका–४ गरी ४ स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । 

सोमबारबाट शुरु भएका यि चारै शाखा कार्यायलहरुको उद्घाटन सम्वन्धित गाउँपालिकाका अध्यक्षहरुले गरेका थिए । शाखाकार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धितजिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिकदलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

Comments

Top