सुन तस्करी काण्ड :समितिको अनुसन्धान नै पुर्वाग्राही, खत्रीका हाकिम कायस्थलाई किन संरक्षण ?

kaay

 काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्यामा  ठोस प्रमाण नै फेला नपरेपछी प्रहरीको अनुसन्धान र छानविन समिती पुर्वाग्राही बनेको भन्दै कानुन व्यवसायीहरुले जिकिर गरेका छन् ।  यो मुद्दामा  प्रक्रियागत त्रुटि रहेको प्रतिवादीका कानून व्यवसायीले  जिकिर गरेका छन्  । तत्काल देखिएको प्रमाणका आधारमा अभियुक्तहरुलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने सरकारी वकिलको तर्क आधारहिन भएको भन्दै यो मुद्दामा कुनै पनि भरपर्दो प्रमाण प्रस्तुत हुन नसकेको उनीहरुको तर्क छ । 

 संगठित अपराध ऐन अनुसार गरिनुपर्ने पर्याप्त अनुसन्धान नगरी हतारमा मुद्दा दायर गरिएको दाबी उनीहरुले गरे ।

 सुन तस्करीबारे अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित विशेष छानबिन समितिले गरेको अनुसन्धान नै पूर्वाग्रही भएको  वरिष्ठ अधिवक्ता सुशील पन्तले जिकिर गरेका थिए । करिब दुई घन्टा लगातार बहस गरेका पूर्व महान्याधिवक्ता समेत रहेका उनले प्रतिवादीहरुलाई थुनामा राख्न वा धरौटीमा छाड्न समेत भरपर्दो प्रमाण चाहिने भन्दै यसको अभाव रहेकाले साधारण तारेखमा छाड्नुपर्ने इजलास समक्ष माग गरे । मंगलबार न्यायाधीश नारायणप्रसाद शर्माको इजलास समक्ष पन्तसहित ९ जनाले बहस प्रस्तुत गरेका थिए । कानून व्यवसायीहरु पन्त, रामचन्द्र सुवेदी र देवेन्द्र कोइरालाले निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीका पक्षमा बहस गरेका थिए ।

। त्यस्तै, केही दिन अघि भएको बहसमा एसपी बिकास खनाल बिमानस्थलमा कार्यरत रहंदा खनालले पुर्व डिआइजी गोबिन्द निरौलासँग  मिलेर तस्करीमा सघाएको भन्ने आरोपको पनि कानुन व्यनसायीले प्रतिबाद गरेका थिए।  खनाल बिमानस्थलमा रहंदा निरौलात्यहाँ  नरहेको र खनालको सरुवापछी मात्र निरौला बिमानस्थल गएका थिए।

 खनाल र निरौला बिमानस्थलमा संगै रहेको रेकर्ड नभएपनि छानविन समितीका केही सदस्यले केही दैनिक पत्रीकालाई गलत सुचना दिएर एकोहोरो चरित्रहत्या मात्र गराउन खोजेको प्रस्ट देखिन्छ। खनाल बिमानस्थलमा छँदा बिजयलाल कायस्थ प्रमुख थिए,निरौला थिएननन।  स्रोतका अनुसार हत्या गरिएका सनमको डायरीमा लेखिएको रकमको आधिकारीकता माथि पनि प्रश्न उठेको छ।

   सो बारेमा अहिले सम्म प्रहरीको फरेन्सिक रिपोर्ट पनि नआएको हुँदा एकोहोरो मिडियामा प्रहरी अधिकारीले पैसा लिएको विवरण पठाएर चरित्रहत्या गरेको पनि प्रस्ट देखिन्छ। तस्करी र हत्यामा सँलग्न् चुडामणी उप्रेती र एसएसपी श्याम खत्रीबीच कारोबार रहेको बलियो प्रमाण रहेको तर अन्य प्रहरी अधिकारीलाई खत्रीसँगै मुछेर समितीले गलत सुचना मिडियामा दिएको आरोप लागेको छ । 

 खत्री र उप्रेतीलाई पक्राउ गर्न  समिती असफल भएको छ । समितीमा रहेका एसएसपी बसन्त लामाको 'हावादारी अनुसन्धान' र पुर्वग्राही कामले गर्दा सुन तस्करीको अनुसन्धान नाटकमा मात्र सीमित रहने अवस्था देखिएको छ  ।  लामाले अहिलेसम्म पनि खत्रीलाई पक्राउ गर्न तत्परता नदेखाउनु र बिमानस्थलमा तिनै खत्रीका हाकिम भएर तस्करीलाई सघाउने बिजयलाल कायस्थलाई पक्राउ गरी अनुसन्धान नगरेका कारण लामामाथि शंका उब्जिएको छ। 

Comments

Top