भोली पार्टी एकता घोषणा गर्ने एमाले–माओवादीको तयारी

kp and prachanda_1काठमाडौं । नौ महिनादेखि एकताको प्रयारमा रहेका नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने विषयमा सहमती भएको छ । बुधबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता भएपछि एकतामा सहमति जुटेको हो । एमाले र माओवादी केन्द्रले बिहीबार नै एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेका छन्।

सम्भवत विहिबार अर्थात भोलि मदन भण्डारी स्मृति दिवसको अवसर पारेर एकता घोषणा हुनेछ । दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बस्ने र लगतै अपराहृन पत्रकार सम्मेलन गरेर पार्टी एकता भएको घोषणा गर्ने तयारी भएको माओवादी केन्द्र स्रोतको दावी छ । एमाले र माओवादीले पार्टी एकता गर्ने सहमति गर्दै गठबन्धन बनाएर चुनाव लडेका थिए । चुनावबाट गठबन्धन मात्र नभई पार्टी एकता अनुमोदन भएको भन्दै दुई दलले ७ फागुनले पार्टीको नाम, मार्गनिर्देशक सिद्धान्तबारे सातबुँदे सहमति पनि गरे । त्यो सहमतिअनुसार बनेको कार्यदलले बैचारिक, राजनीतिक विषयहरुमा प्रतिवेदन पनि बनाएको छ ।

पार्टी एकताको अन्तिम निर्णय गर्न बिहीबार बिहान १० बजे एकता संयोजन समितिको बैठक डाकिएको छ। पार्टी एकता घोषणा गर्नुअघि एमाले र माओवादीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । यो अन्तिम बैठक हुने पनि स्रोतको दावी छ ।

Comments

Top