२ करोड ६० लाख नक्कली रुपैया सहित फिल्म निर्माता पक्राउ

not

 काठमाडौं । प्रहरीले फिल्म निर्माता माधव वाग्लेसहित ६ जनालाई २ करोड ६० लाख नक्कली नेपाली रुपैया सहित पक्राउ गरेको छ। प्रहरीले वाग्लेसहित महेन्द्र वोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी, विकेश नापितलाई पक्राउ गरेको हो।

 काठमाडौं प्रहरी परिसरको टोलिले उनीहरुलाई  कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबुबाट पक्राउ गरेको हो।उनीहरुबाट २ करोड साठ्ठी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नेपाली रूपैया बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। काठमाडौं महानगरपालिका १ चारढुङ्गेस्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठाबाट मात्र १ हजार दरका २ करोड ५२ लाख नक्कली नेपाली रूपैयाँ बरामद गरिएको छ ।

Comments

Top