नयाँ पार्टी चलाउन ‘हाई कमाण्ड’, अध्यक्षमा दुई जना, सम्पूर्ण जिम्मा पौडेललार्इ

kp and prachanda_2

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले एकतापछि हाइकमाण्ड बनाउने भएका छन् । नयाँ बन्ने नेकपा कम्युनिष्ट पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बन्ने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो ।

हाइकमाण्डमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई जना अध्यक्ष रहनेछन् । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

स्रोतका अनुसार संगठनको काम गर्ने जिम्मेवारीसहित पौडेललाई महासचिवको जिम्मेवारी दिन लागिएको छ भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी छ ।

एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुनेछन् । त्यसैगरी ४४१ सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको बताइएको छ ।

Comments

Top