एकीकृत पार्टीको विधान अनुमोदन

kp and prachanda_1काठमाडौं । पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । दुबै पार्टीका अध्यक्ष सम्मिलित पार्टी एकता संयोजन समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकतालाई अनुमोदन गर्ने प्रस्ताव पारित गरेको हो। बैठकले एकतालाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ। संयोजन समितिको बैठक सकिएसँगै दुबै दलका अन्तिम बैठक बस्न लागेका छन्।

एमालेको आकस्मिक केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बस्न लागेको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्।

एकता संयोजन समितिको बैठकमा एकताका विषयमा भएका प्रगति र सहमतिको प्रस्ताव प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराएका थिए । अध्यक्षद्वयको जानकारीपछि बैठकले एकता प्रक्रियालाई अनुमोदन गरेको हो । बैठकले एकीकृत पार्टीको अन्तरिम विधान र सांगठनिक प्रतिवेदन समेत पारित गरेको छ। दुई पार्टीको सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहनेछ ।

Comments

Top