बाबुरामले भने -कमजोर भएपछि मर्ज हुने बैंक झै एमाले र माओवादीबीच एकता भयो

baburambhattarai

 काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको वताएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्र चलाउन नसकेपछि एमालेमा विलय गराएको उनको आरोप थियो ।

  शनिबार पोखरामा आयोजित कार्यक्रममा भट्टराईले कमजोर भएपछि मर्ज हुने बैंकहरूको उदाहरण दिँदै उनले सँधैभरी यहि हैसियतमा पार्टी नरहने उल्लेख गरे  । माओवादी आन्दोलनको इतिहास, त्याग र बलिदान भुलेर प्रचण्ड सत्ताको स्वार्थमा लागेको भट्टराईले आरोप लगाए  लगाए ।

Comments

Top