संसदीय दलको नेतामा अध्यक्ष ओली चयन

kpolinn_1

 काठमाडौँ। पुर्नगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली चयन भएका छन् । आजको बैठकले ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो  । एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो । 

 एमाले र माओवादी केन्द्रबीच बिहीवार पार्टी एकता भएर नेकपा गठन भएको थियो ।

Comments

Top