बाजुरामा एनआईसीको शाखारहित बैंकिङ्ग सेवा

nic

काठमाडौं । एनआईसी एशिया गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । सोहि क्रममा बैंकले युके एड एक्सेस टु फाईनान्स सक्षमसँगको सहकार्यमा बाजुरा जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा बैंकले सातौ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । विहिबारबाट सञ्चालनमा आएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले गरेका हुन् ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य तथा ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महशुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

बैंकको हालसम्म मुलुकभर २१२ शाखा कार्यालयहरु, २०३ एटिएम ६ वटा एक्स्टेन्सन काउण्टर एवं ७ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रु १५९ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. ११० अर्ब र कुल निक्षेप करिब रु. १३४ अर्ब पुगिसकेको छ ।

हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Comments

Top