सन्दिपको ३ विकेटले दिल्ली डेयर डेभिल्ससँग यसरी पराजित भयो मुम्बई इण्डियन्स

sandipn

  काठमाडौं। नेपाली युवा बलर सन्दिप लामिछानेले तीन विकेट लिएसँगै आईपीएल क्रिकेटमा दिल्ली डेयर डेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो । १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ३ बल खेल्नुअघि सबै विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।

सन्दिप लामिछानेले तीन विकेट लिए । खेलमा ४ ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चिएर ३ विकेट लिएका थिए । पहिलो ओभरमा बलिङ गर्न आएका सन्दीपले सूर्यकुमार यादवलाई आउट गरेका थिए । 
१० औं ओभरमा बलिङमा आएका उनले पहिलो बलमै किरोन पोलार्ड र तेस्रो बलमा क्रुनाल पाण्डेयलाई आउट गरेका थिए । खेलमा लेगस्पीनर अमित मिश्राले उत्कृष्ट बलिङ गरेका थिए

Comments

Top