बैदेशिक रोजगारीमा ठगी : श्रेष्ठ पक्राउपछि टेकबहादुर गुरुङ र दीपक बोहरा पनि फन्दामा पर्न सक्ने

deepakbohara

 काठमाडौं । वैदेशिक रोजगारीमा बायोमेट्रिक प्रणाली नेपालमा भित्र्याएर काममा जाने नेपालीसँग सिन्डिकेट खडा गरी करोडौ ठगी गर्ने प्रहरी फन्दामा परेका छन् । तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ संस्थाका ४२ व्यक्ति परेका छन् ।  भीएलएन र वानस्टप सेन्टरका नाममा अतिरिक्त आर्थिक भार थपेर अवैध धन्दा चलाइरहेका राम श्रेष्ठ र जीएसजीका संचालक गोविन्द थपलिया पक्राउ परेका छन् । भीएलएनको कार्यालयमा छापा हानेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । उनको कार्यालयबाट ल्यापटप र कागजात पनि बरामद गरिएको छ ।

 मलेसिया जाने कामदारबाट भीएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा करबाहेक २८ सय रुपैयाँ असुल्ने काम श्रेष्ठले गर्दैआएका छन् ।  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्दैआएकाहरुलाई प्रहरी प्रधान कार्यालयले नै टोली खटाएर खानतलासी गरेको बताएका छन् ।

४ बर्षअघि तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले १० करोड घुस खाएर अवैध बायोमेट्रिक प्रणाली लागू गर्न अनुमति दिएका थिए । ठगी विरुद्ध बैदेशिक रोजगार ब्यवसायी संघ र मेडिकल ब्यवसायी संघले विरोध गर्दैआएका थिए । तर टेकबहादुर गुरुङपछिका श्रम मन्त्री ko  दीपक बोहराले पनि बायोमेट्रिकका कैलाश खड्काहरुको गिरोहसँग  करोडौ असुलेर  ठगी गर्न छुट दिंदै आएका थिए ।

 टेकबहादुरले एकातिर फ्री भिसा फ्री टिकटमा कामदार विदेशमा पठाउने निर्णय गरे भने अर्कोतिर २६ सयमा हुँदैआएको स्वास्थ्य परीक्षण बायोमेट्रिकका नाममा १८ हजार ४ सय रुपैयाँ लिन छुट दिएका थिए  । 

Comments

Top