नवगठित पार्टी भित्र झलनाथसहित आधा दर्जन नेताहरुद्वारा असन्तुष्टि, अब के होला ?

asuntusti

 काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टी भित्र असन्तुष्टि बढेको छ । दुई दलको एकीकरण प्रकृयामा महत्वपूर्ण भूमीका निर्वाह गरेका भीम रावलले सार्वजनिक रुपमा असन्तुष्टि जनाएका छन् । रावलसंगै एमाले महासचिव रहेका ईश्वर पोखरेल, सचिव योगेश भटटराई ,उप महासचिव घनश्याम भुषाल, सुरेन्दै पाण्डे, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि असन्तुष्ट बनेको खवर सार्वजनिक भएको छ ।

 एमालेका बरिष्ठ नेता झलनाथ खनालले एक संचारमाध्यमलाई अन्तर्वाता  दिदै यो प्रकृया आफले स्वीकार नगर्ने बताईसकेका छन् । नेता रावलले नेकपा एमालेलाई सूदुर पश्चिममा स्थापित गराउन महत्वपूर्ण भूमीका निर्वाह गरेका थिए । राष्ट र राष्टियताका पक्षमा कडा अडान राख्ने नेता रावलले प्रधानमंत्रीको भारत भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्वयन पछि मात्रै भ्रमण सफल वा असफल हुने भन्दै भारत जानुलाई मात्र उपलब्धिकारुपमा ब्याख्या गर्न नहुने धारण सार्वजनिक गरेका थिए ।

 भारतिय प्रधानमंत्री नरेन्द्र मोदीले पहिलो पटक नेपाल भ्रमण गर्दा भएका सम्झौता कार्यान्वयन नभएको तर्फ सरकार सचेत हुनु पर्ने उनको धारणा रहेको थियो । तत्कालिन नेकपा एमालेका उपाध्यक्ष रहेका रावल नेता माधव कुमार नेपाल निकट मानिन्थे । उनी नेता नेपाल र केपी ओलीका बिचमा रहेको तिक्तता मेटाउन सफल बनेका थिए । नेता रावलकै कारण अहिले दुई जना नेताहरुका बिचमा कार्यगत एकता सम्भव भएको हो । प्रधानमन्त्री केपी ओलीसँगको भेटमा रावलले प्रदेशबाट आफु अनुकुल मान्छेलाई मन्त्री नबनाए पनी समग्र प्रदेशलाई बेवास्ता नगर्न आग्रह गरेका थिए ।

Comments

Top