भाइरल ज्वरोको अनुगमन गर्न पुर्व मन्त्रीको खर्च १८ लाख

girirajmanii

  काठमाडौं । भाइरल ज्वरोको अनुगमन गर्न जाजरकोट गएका तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र सचिव किरण रेग्मीको खर्च १८ लाख उठेको छ । उनीहरू गत पुसमा फैलिएको भाइरल ज्वरोको अवस्था बुझ्न सेनाको हेलिकोप्टर चढेर जाजरकोट पुगेका थिए । ९ पुसमा उनीहरू जाजरकोट पुगेका थिए ।

 एमआई १७ हेलिकोप्टरमा उनीहरू उडेको बिल १७ लाख ८६ हजार ६ सय ८८ रुपैयाँ उठेको भन्दै निकासा गरिदिन स्वास्थ्य मन्त्रालयमा सेनाले बिल पेस गरेको छ । विनाऔषधि मन्त्री भाइरल ज्वरो प्रभावित क्षेत्रमा पुग्दा बिरामीले भने आवश्यक सिटामोलसमेत पाएका थिएनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक बाबुराम मरासिनी १८ लाख खर्चेर मन्त्री र सचिवले जाजरकोट घुम्नुको प्रगति केही नभएको बताए । १८ लाख रुपैयाँ खर्च गर्ने हो भने जाजरकोटका पूरै जनतालाई चार महिना औषधि पुग्ने डा.मरासिनीले वताए । (नयाँ पत्रीका )

Comments

Top