सडकमार्ग हुँदै कसरी र कसले काठमाडौं भित्र्यायो ‘गोल्ड डन’ गोरेलाई ?

gore letter

काठमाडौं । सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीको छानविनमा महानगरिय अपराध महाशाखाका तत्कालिन प्रमुख दिवेस लोहनी र महाशाखाकै केही प्रहरी अधिकारीहरुको भूूमिका शंकास्पद देखिएको भन्दै गृह मन्त्रालयले सह सचिव इश्वरराज पौडेलको नेतृत्वमा विशेष छानविन समिति गठन गर्यो । समितिले राप्रपा (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ, लोहनीसहित केहि वहालवाला प्रहरी, सुन व्यापारीलगायत ६३ जना विरुद्ध मुद्दा दर्ता गराएको छ । जसमध्ये अहिलेसम्म ३० जना मात्रै पक्राउ परेका छन् । बाँकी ३३ जना भने अझै फरार नै छ ।

तर, आज मुख्य अभियुक्त ‘गोल्ड डन’ को छवी बनाउन सफल चूणमणी उप्रेती उर्फ गोरे पक्राउ परसँगै थुप्रै शंका आशंका उब्जिएका छन् । एकातिर साढे ३३ किलो सुन प्रकरण र त्यससँगै जोडिएको तीनवटा मृत्युका कारण फरर भएका गोरे एकाएक कसरी काठमाडौंमा भेटिए भन्ने प्रश्न उब्जिएको छ भने अर्कोतिर गोरेलाई कसले काठमाडौं भित्र्यायो भन्ने पनि प्रश्न उब्जिएको छ ।

समितिले भने गोरेलाई आज विहान काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जनाएको छ । तर स्रोतका अनुसार उनलाई दिल्लीबाट काठमाडौं झिकाइएको हो । फागुन १८ गते सनम शाक्यको हत्या गरेर मोरङबाट फरार गोरे आजमात्र काठमाडौं आइपुगेको बताइएको छ ।

चारैतिर इन्काउन्टर गर्ने हल्ला चलेपछि गोरले आफ्नो सुरक्षाको लागि भन्दै जेठ ३ गते मानव अधिकार संगठनलाई निवेदन लेखी जीवन रक्षा सहित आत्मसमर्पण गर्ने वातावरण मिलाइदिन आग्रह गरेका थिए । सोही कारण उनले आजै नेपाल आएर आत्म समर्पण गरेको बताइएको छ ।

३३ किलो सुन प्रकरणमा पक्राउ परेका भुजुङ गुरुङ र मोहनकुमार अग्रवाल समहले गोरेलाई सुन हराएकोमा यातना दिँदै आएको उनले बयानमा स्वीकारी सकेका छन् । सोही कारण उनले पनि सनमलाई यातना दिएको र यातना दिने क्रममा सनमको हत्या भएको छानविन समितिले सार्वजनिक गरिसकेको छ । संगठित अपराध भएकाले गोरे पक्राउ परे अन्यको पोल खुल्ने सम्भावना थियो। गोरेले बयानका क्रममा आफ्नै ज्यान जोखिममा रहेको बताएका थिए। गोरे पक्राउ परे धेरै विशिष्ठ व्यक्तिहरु पनि मुछिने भएपछि उनलाई कतै इन्काउन्टर त गर्ने होइन भन्ने पनि डर थियो । त्यसैले उनी नेपाल आएर आत्म समर्पण गरेको हुुनसक्ने स्रोतको दावी छ ।

छानविन समितिले आज गरेको पत्रकार सम्मेलनमा एकतर्फी रुपमा गोरे पक्रउ परेको बताइरहँदा विस्वस्त स्रोतका अनुसार गोरे आजै सडक मार्ग हुँदै काठमाडौं छिरेका थिए । तर, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका गोरे सडकमार्गक हुँदै कसरी काठमाडौं आईपगे भन्ने प्रश्न प्रश्न पनि उब्जिएको छ । अथवा उनलाई कसले र कसरी काठमाडौं ल्याइयो भन्ने प्रश्न पनि कौतुहलताकै विषय बनेको छ । समितिको आजको पत्रकार सम्मेलनले यस्ता प्रश्नलाई गर्भमै राखेको छ ।

Comments

Top