नेकपाको दल दर्ता अन्यौलमा पर्दा अध्यक्षद्धय तनावमा

nekapa_1

काठमाडौं । लामो कसरतपछि नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको एक साता पूरा हुनै लाग्दा पनि निर्वाचन आयोगमा दल दर्ता भने हुन सकेको छैन ।
केन्द्रीय समितिमा एक तिहाइ महिला पुर्‍याउन नसक्दा नवगठित नेपाल कम्युनिष्ट पार्टी दर्तामा अन्यौलमा परेको छ । नेकपाले मंगलबार ४ सय ४१ सदस्यीय केन्द्रीय सदस्यको टुङ्गो लगाएको छ। तीमध्ये ७७ जनामात्र महिला छन्। यो संख्या एकतिहाइको आधामात्र हो।

राजनीतिक दलसम्बन्धी ऐनको दफा १५ को ४ मा ‘दलको सबै तहको समितिमा एक तिहाइ महिला सदस्य हुने व्यवस्था गर्नुपर्ने’ प्रावधान छ। तर, नेकपाले भने केन्द्रीय समितिमा एक तिहाइ महिला पुर्याउन सकेको छैन ।

नेकपालाई दल दर्ताका लागि १ सय ४७ जना महिला केन्द्रीय सदस्य आवश्यक हुन्छ। नेकपाले अब ७० महिला केन्द्रीय सदस्य बनाउनु पर्नेछ। त्यसका लागि अहिले मनोनयनमा परेका ७० पुरूष केन्द्रीय सदस्य बाहिरिनुपर्छ। पुरूषलाई नहटाएर महिला थप गर्दा नेकपाको केन्द्रीय समिति थप ठूलो हुन्छ।

Comments

Top