तनहुँमा गुण्डाबिरुद्द प्रहरीको अप्रेसन : खेम गुरुङ पक्राउ ,राजुलाई राजनीतिक संरक्षण

dontanahu

 दमौली । गत वर्ष खुकुरी प्रहारको घटनाका योजनाकार खेम गुरुङलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । गत भदौ १६ गते व्यास ७ सत्रसयमा तीन युवालाई खुकुरी प्रहरी प्रहार गरेर घाइते बनाएको अभियोगमा तनहुँ प्रहरीले व्यास ४ निवासी खेम गुरुङलाई पक्रेको छ । सोमबहादुर गुरुङ भनिने अजय गुरुङ समेतको समुहले स्थानीय २५ वर्षका चुनबहादुर गुरुङ, सोही ठाउँका ३० वर्षका चिमानसिंह गुरुङ र २९ वर्षका विजय क्षेत्रीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाएको अभियोग छ ।

 होटल ग्यालेक्सीमा बसिरहेका बेला प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । प्रहरीले उनीविरुद्ध ज्यान मार्ने मुद्दामा कारबाही चलाएको छ प्रहरीप्रमुखमा आएसँगै शाहले केही दिनयता विगतका आपराधिक घटनामा फरार रहेका अभियुक्तहरुलाई धमाधम पक्राउ गरेका छन् ।

 अर्को

 तिर, खुकुरी प्रहारकै घटनामा संलग्न रही फरार रहेका राजु गुरुङलाई भने राजनीतिक संरक्षण रहेका कारण उनी पक्राउ पर्न सकेका छैनन। प्रहरीले राजु समुहका केही व्यक्तिलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाए पनि फरार रहेका राजु र सुजन श्रेष्ठलाई पक्राउ गरेको छैन।  प्रहरीको फरार सुचीमा रहेका उनीहरु दिनभर दमौलीमा देखा पर्दा समेत प्रहरीले नदेखेझै गरेको पीडित पक्षको आरोप छ ।  राजु गुरुङको समुहले सुमन सिंह गुरुङ र चिनबहादुर गुरुङमाथि आक्रमण गर्दा दुबै जना गम्भिर घाइते भएका थिए।

 गुण्डागर्दीमा कहलिएका राजुको समुहले खुकुरी प्रहार गर्दा सुमनको हातमा गम्भिर चोट लागेको थियो। राजु उनै गुण्डा हुन जसले,माइक्रो बसका सहचालकसँग रकम लुट्दा लुट्दै पक्राउ परेका शुवास नेपाली नामका टोले गुण्डालाई छुटाउन प्रहरीमा एमालेका नेतामार्फत चलखेल गरेका थिए । यसरी फरार रहेका व्यक्तिले पीडित पक्षलाई दबाब दिन लगाई मुद्दा नै कमजोर बनाउन खोजिएपछि पीडितले न्याय पाउने आश मरेर गएको छ । राजुलाई नेकपाका केन्द्रिय सदस्य पिएल श्रेष्ठले संरक्षण दिएको आरोप छ।

 

Comments

Top