सुन काण्ड : समितिको सूचिमा नरहेका व्यक्ति पक्राउ, तस्करीको पैसा संसदलाई चुनाव खर्च

gore

 विराटनगर । सनम हत्याकाण्ड र तस्करीको साढे ३३ किलो सुनकाण्डमा थप एक जना पक्राउ परेका छन् । ‘गोल्ड डन’ को छवी बनाएका मोरङ उर्लावारीका चूणमणी उप्रेती उर्फ गोरे सँग कनेक्सन भएका
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता रेवत भनिने रेवन्तकुमार आचार्य पक्राउ परेका हुन् । उनलाई बिहीबार साँझ प्रहरीले मोरङको उर्लाबारीबाट पक्राउ गरेको हो । गोरेले बुधबार र बिहीबार दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले भने आचार्यलाई पक्राउ गरिएको विषयमा आधिकारीक जानकारी गराएको छैन । स्रोतका अनुसार उनलाई सनम शाक्यको हत्याका लागि सहयोग गरेको तथा सुन तस्करीमासमेत संलग्न रहेको हुनसक्ने आशंकामा पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालयका मोरङको हिरासता राखिएको छ । उनी फरारको सूचीमा रहेका ३१ जनाभित्रका व्यक्ति भने होइनन् ।

आचार्य तिनै व्यक्ति हुन्, जसले गोरेसँगको सेटिङमा संसदको चुनावमा सांसद घनश्याम खतिवडालाई २ लाख चुनाव खर्च उपलब्ध गराएका थिए । उर्लाबारी ५ घर भएका आचार्यको उर्लाबारीमा सुन पसल छ ।

Comments

Top