बुहारीलाई करणी गर्न खोज्ने संसदका श्रीमान पक्राउ

pakrau

 वीरगञ्ज । सांसद् शेख चाँद ताराका श्रीमान् शेष मन्सुर बाबुले नाताले बुहारी पर्ने एक महिलालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । कानुन व्यावसायीसमेत रहेका शेष मन्सुरलाई बुहारीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । ०७४ पुस २८ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता भएपछि शेष फरार थिए ।

पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जिल्ला प्रहरी कार्यालय, पर्सामा दर्ता भएको जबर्जस्ती करणी मुद्दाका फरार अभियुक्त मन्सुरबाबुलाई बिहीबार पक्राउ गरेको बताए । झड्केलो छोराकै बुहारीलाई उनले मंसिर १८ गते जबर्जस्ती करणी गर्न खोजेका थिए । बुहारीले घटना भएको झण्डै २० दिनपछि जिल्ला प्रहरी कार्यालय, पर्सामा मुद्दा दर्ता गरेकी थिइन् । उनलाई बिहीबार अदालत चोकबाट पक्राउ गरिएको ढकालले बताए ।

Comments

Top