सुन तस्करी प्रकरण : फरार एसएसपीसहित ७ जनाविरुद्ध रेड कर्नर नोटिस

shyam khatriकाठमाडौं । सनम शाक्य हत्या र तस्करीको साढे ३३ किलो सुन प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीसहित ७ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको छ । स्रोतका अनुसार हराएको भनिएको साढे ३३ केजी सुनका लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, सुन तस्करी प्रकरणमा प्रतिवादी बनाइएका सुनिल अग्रवाल, मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती, बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भण्डारी, हरिशरण खड्का र छिरिङ बाङ्गेल गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको हो ।

एसएसपी खत्रीले सुन तस्करीमा प्रहरीको व्यवस्थापनको जिम्मा लिएको गृह मन्त्रालयद्धारा गठित छानविन समितिको ठम्याई छ । मुख्य अभियुक्त गोरेले पनि बयानका क्रममा खत्रीलार्इ पक्राउ गरे सबै रहस्य सार्वजनिक हुने बताएका छन् । गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको नाम सबैभन्दा बढि लिनेको सूचीमा छ । खत्रीले पटक–पटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।

खत्रीलाई यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो । समितिको अनुसन्धानका क्रममा समितिको उनीहरुको समूहले चार वर्षमा ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको छ ।

Comments

Top