खराब काम गर्ने प्रहरीलाई एक नम्वर प्रदेशका डिआईजीले दिए चेतावनी

digkedar

  काठमाण्डौ । एक नम्वर प्रदेशका प्रहरी प्रमुख डिआईजी केदार रिजालले इमान्दार र पारदर्शी भएर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्  ।  डिआईजी रिजालले कानुनको पालना गर्ने क्रममा कसैसँग सम्झौता नहुने बताए ।

 शुक्रवार १ नम्बर प्रदेश प्रहरी प्रमुखको कार्यालय रानीमा पदबहाली गर्दै उनले परिवर्तनको सुरुवात आफैंबाट हुने भएकोले त्यसका लागी तयार रहन प्रदेशका प्रहरी कर्मचारीलाई निर्देशन दिए । प्रहरी संगठनले लागू गरेका आन्तरिक शुद्धीकरण कार्यक्रमको सफल कार्यान्वयन गरी शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिन पनि उनले निर्देशन दिएका छन् ।

 भ्रष्टाचारमा शून्य सहनशीलताको सिद्धान्त पालना, तस्करी नियन्त्रण, प्रहरी सेवालाई छिटोछरितो बनाई चुस्तु दुरुस्त प्रदान गर्न, मानव अधिकारको संरक्षण एवं संवर्द्धन गर्न तथा कानुनको अक्षरश पालना गर्ने कार्यमा कसैसँग पनि सम्झौता नगर्न पनि उनले निर्देशन दिए ।

 डिआईजी रिजालले खराब आचरणमा लागेर गलत काम गर्ने प्रहरी कर्मचारीलाई कारवाहीको लागि तयार रहन पनि चेतावनी दिए । 

Comments

Top