'गुट उपगुट अन्त्य नभई पार्टी बलियो हुँदैन'

sashank

 काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य नभई पार्टी बलियो नहुने बताएका छन् । नेपाल प्रेस युनियनको २७ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै डा कोइरालाले पार्टीभित्रको गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो नहुने भएकाले आफू सोही अभियानमा लागेको पनि बताए ।

कोइरालाले आफू गुट उपगुट अन्त्य गर्ने अभियानमा लागिरहेको बताइरहँदा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सँगै थिए । नेतृत्वलाई गुट उपगुटलाई भत्काएर एउटै बनाउन आग्रह गर्दै उनले पार्टीको गुट उपगुट एउटा ठूलो रोग भएकोले कार्यकर्ताहरुलाई पनि गुट उपगुटमा नलाग्न आग्रह गरे ।

Comments

Top