संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने

kp-oli-prachand-upednra-yadav-sahamati

 काठमाडौं । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपाल बीच दुई बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबबीच करिब दुई घण्टा वार्ता भएपछि सहमती भएको हो ।

 सहमति अनुसार संघीय समावादी फोरम, नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्धाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित बिषयहरु देश जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिनेछ ।सहमतिमा भनिएको छ, उपरोक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम,नेपाल सरकारमा सामेल हुनेछ ।

Comments

Top