प्रानका घातक जुस विना परिक्षण नेपालमा, नियमन निकाय मौन

pran

काठमाडौँ। छिमेकी देश तथा विदेशका गुणस्तरहीन खाद्य पदार्थहरु नेपाली बजारमा निर्वाध बिक्री वितरण भइरहेका छन् । प्रान ब्राण्डको म्याङ्गो जुसको गुणस्तरमा समस्या आएपछि बंगलादेशको सरकारले गरेको अनुसन्धानमा फर्मालिन मिसाएको भेटिएको त्यहाँको टेलिभिजन इटिभीबाट सन् २०१६ मै एउटा सनसनीपूर्ण रिपोर्ट प्रशारण भएको थियो ।

 त्यसपछि उक्त जुसको बिक्री नेपालमा गर्न सुरु गरिएको देखिएको छ । तर, नेपाललका नियमन निकायहरु भने कानमा तेल हालेर बसेका छन् । सन् २०१६ अघि प्रान जुस बंगलादेशमा कारवाहीमा परेपछि भने नेपालमा भव्य बजारिकरणसहित विक्री वितरण सुरु भएको देखिएको छ । गुणस्तरहीन प्रान जुसको खुलेआम बिक्री वितरण भइरहेको बारे खाद्य अनुसन्धान विभागले हालसम्म अनुसन्धान गरेको छैन । प्रान भन्ने जुस, विदेशबाट कन्टेनरका कन्टेर विदेशबाट आउने र नेपालमै रिफिल गर्ने गरेको समेत खुलेको छ ।

 प्रान कम्पनीबाट उत्पादित पेय पदार्थहरु बिना परिक्षण नेपाली बजारमा व्यापक रुपमा आयात भइरहेको छ । प्रान बंगलादेशमा सन् १९८१ स्थापना भएको कम्पनी हो । प्रान कम्पनीले नेपालमा लिचि जुस, म्याङ्गो जुस, जोए जुसलगायतका उत्पादन बिक्री वितरण गर्दै आएको छ । उद्योग विभागसँगको मिलेमतोमा अखाद्य प्रान जुस नेपालमा विक्री वितरण भइरहेको स्रोत वताउँछ ।

 बंगलादेशमा उक्त टेलिभिजन रिपोर्ट प्रशारण भएपछी प्रान जुसको व्यापार स्वात्तै घटेको थियो । प्रान कम्पनीले चिनीमा पानी घोलेर लास नाकुहियोस् भनी प्रयोग हुने फर्मालिन लगायतका अखाद्य केमिकलहरु प्रयोग गरेर यो जुस नेपालमा पठाईरहेको छ । तर त्यसको प्रमाणीकरण कुनै पनि निकायले गरेको छैन भने नेपालमा रहेका खाद्य प्राविधिकहरुले प्रान जुसमा त्यस्तो पदार्थ नरहेको बताईरहेका छन् । लिची लगायतका स्वादमा पाइने यस्ता जुसहरु अत्यधिक चिनीको मात्रा हुने, गाईको माशुको जस्तो तथा लेदो जस्तो नमिठो गन्ध आउने गरेको उपभोक्ताहरुको गुनासो छ ।

  बच्चाहरुले यी उत्पादनहरु बढी उपभोग गर्ने भएकाले फर्मालिनले उनीहरुको स्वास्थ्यमा दीर्घकालिन असर गर्ने, उनीहरुलाई एडिक बनाउने, मांशपेशीहरुदेखि स्नायुसम्मलाई सुस्त बनाउने चिकित्सकहरुले बताउँदै आएका छन् ।

Comments

Top