बजेट भाषण : ७० वर्ष कटेका बृद्धको विमा गरिदिने देखि चुुरोटमा जोखिम कर लिनेसम्मकाे निर्णय

budget-vasan

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब  १५ अर्बको बजेट विनियोजन गरेको छ। संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षका लागि चालुतर्फ ८ खर्ब, पूँजीगतर्फ ३ खर्ब तथा वित्तियतर्फ १ खर्बसहित १३ अर्ब १५ अर्बको बजेट विनियोजन गरिएको बताएका छन् ।

तलब बढेन भत्ता बढ्यो
आगामी आर्थिक वर्षमा सरकारले सरकारी कर्मचारीको तलव यथावत् राखेको छ । तर, भत्ता भने २ हजार रुपैयाँले बढाएको छ । उक्त भत्ता मासिक महंगी भत्ता भएको जनाएको छ । तलव सुविधा पुनरावलोकनका लागि तलव सुविधा पुनरावलोकन गर्न तलव आयोग गठन गर्ने सरकारले जनाएको छ ।

वृद्ध भत्ता पनि बढेन, एक लाखसम्मको बीमा शुल्क सरकारले बेहोर्ने
सरकारले आगामी वर्ष समाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भएको छ । सरकारले अब समाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा नयाँ बजेटमार्फत गरेको छ । ७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमाको शुल्क भने सरकारले नै तिर्ने नीति ल्याइएको छ । अहिले ७० वर्ष पुगेका जेष्ठ नागरिकले मासिक वृद्धभत्ता २ हजार पाउँदै आएका छन् । दलित जेष्ठ नागरिकले भने ६० वर्षदेखि नै यो भत्ता पाउँछन् ।

७ वटा सुरुङमार्ग बनाउने
सरकारले बजेट भाषणमार्फत ६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ । अब नागढुंगा–नौबिसे खण्डको निर्माण आगामी वर्षबाट सुरु गरिनेछ । त्यसैगरी टोखा–छहेर–गुर्ज भञ्ज्याङ खण्डमा पनि अर्को सुरुङ बन्ने छ । बिपी रामजमार्गको खुर्कोट–चियाबारी खण्डमा पनि सुरुङ बनाउने भएको छ । त्यसैगरी सिद्धार्थ राजमार्गमा सिद्धबाबामा पनि सुरुङ निर्माण गरिनेछ । बिपीनगर–खुटिया–दिपायल खण्डमा पनि सुरुङमार्ग बनाइनेछ । गणेशमानमार्गको थानकोट चिल्ताङ खण्डमा पनि सुरुङमार्ग बनाउने योजना ल्याइएको छ । त्यसैगरी कोटेश्वर जडिबुटी खण्डमा पनि सुरुङमार्ग बनाउने अर्थमन्त्रीले जानकारी दिएका छन् ।

चुरोटको प्रत्येक खिल्लीमा २५ पैसा जोखिम कर
चुरोटको प्रत्येक खिल्लीमा २५ पैसा जोखिम कर लिइने
काठमाडौँस् सरकारले चुरोटको प्रत्येक खिल्लीमा २५ पैसा जोखिम कर लिने भएको छ। सकारले आगामि आर्थिक वर्ष २०७५र७६ मा करका दायर बढाउँदै प्रत्येक खिल्ली चुरोटमा २५ पैसा जोखिम कर लिने भएको हो। त्यस्तै स्वास्थ्यका लागि हानिकारक वस्तुहरु मदिरा, चुरोट, सुर्तीजन्य बस्तु, अत्तरलगायतका बस्तुमा अन्तशुल्क बढाइएको छ।

त्यस्तै महानगर, उपमहानगर पालिकाभित्र मदिराजन्य र सूर्तीजन्य बस्तुको व्यापार गर्ने व्यवसायीलाई अनिवार्य रुपमा मूल्य अभिवृद्धि करको दायरामा ल्याइने भएको छ।

Comments

Top