मन्त्रीको मानसिक दबाबले बिदा बस्ने तयारीमा यातायातका निमित्त महानिर्देशक

Raghubir

 काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले उपत्यका बाहिरबाट २० बर्षे पुरानो सवारी साधान चलाउन पाउने गरी प्रस्ताव ल्याउन यातायात ब्यवस्था विभागलाई दबाब दिएका छन् । उनले विभागका निमित्त महानिर्देशक प्रेमकुमार सिंहलाई काठमाडौं उपत्यकाबाट २० बर्षे पुरानो गाडी हटाए पनि उपत्यकाबाहिर भने २० बर्षे पुरानो सवारी साधन चलाउन पाउने गरी प्रस्ताव ल्याउन दबाब दिएका हुन् ।

 मुलुकभरबाट सिण्डिकेट हटाउन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादलले पहलकदमी लिए पनि बिभागी मन्त्री महासेठले भने असहयोग गरेका थिए । महासेठले पुरानो यातायात व्यवसायिको आकर्षक प्रस्तावलाई स्वीकार्दै यस्तो फाईल खडा गरी मन्त्रालय पठाउन निमित्त महानिर्देशक सिंहलाइ दबाब दिएका छन् ।

 तर, सिंह भने आफू गैरकानूनी र अलोकप्रीय कार्य गर्दिन भन्दा महासेठले जागिर खाईदिने धम्की दिएको स्रोतले वतायो  । महासेठले आफ्ना स्वकिय सचिव सोमराज बराल मार्फत सिंहलाई दबाब दिएका हुन् ।

 मन्त्रीको मानसिक दबाब थेग्न नसकेर सिंह बिदा बस्ने तयारीमा छन् । सिण्डकेट तोड्ने निर्णय रोक्न आएको करोडौंको अफरलाई सम्झँदै महासेठले महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालयमा तानेका थिए । तर प्रधानमन्त्री ओलीको दबाबमा उनलाई विभागमै फर्काउने निर्णय भएको थियो ।

 भट्टराईले आफूले भने बमोजिम नीतिगत परिवर्तनको निर्णय नगर्ने थाहा पाएपछि महासेठले सिंहलाई दबाब दिएका हुन् । महासेठले भट्टराईलाई विभाग नै पठाउने निर्णय गरे पनि हालसम्म पत्र दिएका छैनन् । महासेठले मंगलबार मात्र बीपी राजमार्गमा ३२ सिटे सवारी साधन र १५ टनको ट्रकलाई समेत कुदाउने अनुमति दिँदा तीन करोड रुपैयाँ बुझेको मन्त्रालयका कर्मचारीहरु वताउ्रँछन् । यस्तो रकम मन्त्रीकी श्रीमती जुली महतोले लिने गरेकी छन् । 

Comments

Top