डिआईजीको कडाइपछि करोडौ मुल्यका अवैध सामान बरामद

digkedar

 झापा । भन्सार छली र तस्करी नियन्त्रण गर्न एक नम्वर प्रदेशका प्रहरी प्रमुख डिआईजी केदार रिजालले कडाइ गर्न थालेपछि प्रहरीले झन्डै १ करोड मुल्य बराबरका सामान बरामद गरेको छ ।

 झापाको काकडभिट्टाबाट प्रहरीले मंगलबार मात्र ८८ ८८ लाख  मूल्य बराबरको अवैध सामान बरामद गरी भन्सारमा  बुझाएको छ।

 इलाका प्रहरी काकडभिट्टाबाट खटिएको गस्ती टोलीले चोरी छिपाई भारतर्फ लैजादै गरेको कस्मेटिकका समान तथा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको रेडिमेड कपडा, पंखा लगायतका खुद्रा सामानहरु बरामद गरी आवश्यक कारवाहीका लागी मेची भन्सार कार्यालयमा बुझाएको छ  । डिआईजी रिजालले भ्रष्टाचारमा शून्य सहनशीलताको सिद्धान्त र  तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेका छन् ।

Comments

Top