प्रहरीले ठगीमा पक्राउ गरेका रोका श्रम विभागमा सेटिङ मिलाएर छुटे

bhimroka

 काठमाडौँ। कामदारमाथि ठगी गरेको अभियोगमा अपराध महाशाखाले पक्राउ गरेका याक्खा ‌ओभरसिजका सञ्चालक भीमबहादुर रोका धरौटीमा छुटेका छन् । उनी पक्राउ लगत्तै सेटिङ मिलाएर नभिर्क अस्पतालमा भर्ना भएका थिए । रोका श्रम विभागमा दुई लाख ६० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्।

 उनका पार्टनर अख्तियारका पूर्व आयुक्त दीप बस्न्यातका छोरा कमल बस्न्त्यात भने प्रहरी सेटिङमै फरार भएका छन् । भीमबहादुर रोकालाई काठमाडौं प्रहरीले ठगीमा मुद्दा चलाउन खोज्दा सरकारी वकिल कार्यालयले हस्तक्षेप गरी श्रम विभागलाई प्रहरीले हेर्न निमिल्ने भन्दै मुद्दाको फाइल पठाएको थियो ।

 मंगलबार श्रम विभागमा मुद्दा पुगेको केही बेरमै रोका छुटेका हुन् । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारसँग १० हजार रुपैयाँसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । तर, त्यसभन्दा बढी डेढदेखि २ लाख रुपैयाँसम्म सेवा शुल्क लिएको उजुरीका आधारमा उनलाई प्रक्राउ गरिएको थियो । प्रहरीले रोकाको ओभरसिजबाट मलेसिया पठाउन लागेका व्यक्तिको ६०१ थान राहदानी समेत बरामद गरेको थियो ।

Comments

Top