खत्रीले आत्मसर्मपण गरे लगत्तै मोरङ अदालतमा बयान जारी

shyam khatri_1

काठमाडौं । तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्रीले झन्डै दुई महिनापछि अदालतसामू आत्मसमर्पण गरेका छन्। उक्त काण्डका मुख्य अभियुक्त भनिएका चुणमणी उप्रेती उर्फ गोरेले आफू मुख्य अभियुक्त नभई व्यवस्थापक मात्र भएको र खत्रीलाई पक्राउ गरे सबै खुल्ने भन्दै बयान दिएपछि खत्रीको खोजी तिव्र बनाइएको थियो ।

नेपाल प्रहरीले डिफ्यूजन नोटिस जारी गरेको दुई दिनपछि खत्री बिहीबार बिहान जिल्ला अदालत मोरङमा उपस्थित भएका हुन्।कार्यालय समय सुरू भएलगत्तै खत्री अदालत परिसर पुगेका थिए। उनको अहिले बयान चलिरहेको छ।

दुई महिनासम्म फरार रहेका खत्री घटना छानबिन गर्न बनेको समितिले घरमा छापा मारेपछि अदालत पुगेका हुन्। प्रहरी केही दिनअघि प्रहरी टोलीले भक्तपुर, लोकन्थलीमा रहेको खत्रीको घरमा छापा हानेको थियो। खत्रीविरुद्ध इन्टरपोलमा समेत डिफ्युजन नोटिस जारी भएको थियो।

समितिले पछिल्ला ५ वर्षमा त्रिभुवन विमानस्थलबाट भएको ३८ सय किलो तस्करी भएको प्रतिवेदनमा उल्लेख गरेको छ। पछिल्लो पाँच वर्षमा खत्री विमानस्थलमा कार्यरत थिए। खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।

Comments

Top