तीन महिनाभित्र एकीकृत हुँदै नेकपा

nekapa

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तीन महिना भित्र प्रदेशदेखि प्रवाससम्मको एकीकरण गर्ने भएको छ । एकीकरणका लागि अन्तरपार्टी निर्देशिका तयार पारेको छ। निर्देशिका अनुसार प्रदेश, जिल्ला, प्रवास तथा अन्य जनवर्गीय संगठनको समेत एकीकरणका लागि कमिटी गठन भएका छन्। कमिटीमा तत्कालीन एमाले र माओवादी दुबैतर्फका नेताहरूको समान प्रतिनिधित्व रहेको छ।

निर्देशिका अनुसार प्रदेश तहमा एकीकरण गर्नका लागि सातवटै कमिटी बनेका छन्। यस्तै, प्रवासका लागि एक कमिटी बनेको छ। जिल्लाको हकमा हाल कायम रहेका अध्यक्ष र इञ्चार्ज समेत सदस्य सिफारिस समितिमा प्रतिनिधित्व गर्नेछन्।

विधान र राजनीतिक प्रतिवेदन भने दुई अध्यक्षले टुङ्गो लगाउने भएका छन्। यसअघि एकता संयोजन समितिले दिएको प्रतिवेदन समेतका आधारमा १५ दिनमा उक्त काम सक्ने तयारी छ।

Comments

Top