बोक्सीको आरोपमा राधालाई निर्घात कुटपिट गर्ने भोलेबाबालाई पाँच वर्ष जेल सजाय

radha   

  धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलियाकी राधा चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई पाँच वर्ष कैद र एक लाख जरिवानाको फैसला सुनाइएको छ । राधालाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले यस्तो फैसला सुनाएको अदालतका श्रेष्तेदार ईन्द्र कठायतले जनाकारी दिए ।

जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले भोलेबाबाका सहयोगी किस्मती चौधरीलाई एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना र स्मारीका चौधरीलाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना भराउने फैसला सुनाएको कठायतले बताए ।

गत फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसकै दिन बोक्सीको आरोपमा राधा चौधरीमाथि गाउँमै कुटपिट भएको थियो । उक्त घटनाको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै विरोध भएको थियो ।

Comments

Top