चन्द्रपुरमा एनआईसीको नयाँ शाखा

nicasiaa

   काठमाडौं । रौतहटको चन्द्रपुरमा एनआईसी एशिया बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उद्योग वाणिज्य संघका अध्यक्ष सुनिलकुमार जैसवालले विहिबार उक्त शाखाको उद्घाटन गरेका थिए । बैंकका मुलुकभर २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार १६३ अर्ब रुपैयाँभन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब ११३ अर्ब रुपैयाँ र कुल निक्षेप करिब १३९ अर्ब रुपैयाँ पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

Comments

Top