उपेन्द्र यादव स्वास्थ्यमन्त्री, सहरी विकासको जिम्मा मोहम्मद इस्तियाकलाई

upendra-yadhav

   काठमाडौं । संघीय समाजवादी फोरम, नेपाल दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ । फोरम अध्यक्षसमेत रहेका उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने टुङ्गो लागेको छ भने मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रीहरुको शपथ ग्रहण आजै दिउँसो ३ बजे हे राष्ट्रपति कार्यालयले जनाएको छ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरेको थियो। सहमतिमा नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका थिए।

सहमतिको पहिलो बुँदामा संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान गरी सम्बोधन गर्ने उल्लेख छ। दोस्रो बुँदामा भने संघीय समाजवादी फोरम सरकारमा जाने उल्लेख थियो।

Comments

Top