पूजाले जाहेरी दिएपछि प्रहरीले थाल्यो अनुसन्धान, झुटको प्रपञ्च रच्दै मेनुका

menuka and puja

    काठमाठौं । सामूहिक बलात्कारबाट पीडित रक्षा नेपालमा आश्रित किशोरी पूजा बोहोराले पत्रकार सम्मेलनमार्फत आफूले भोगेको पीडा र यातनाको पोल खोलेपछि संस्थाकी अध्यक्ष मेनुका थापाले आफूलाई चोखो सावित गर्न झुटो प्रपञ्च रचेकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा मेनुकाले कुटपिट गरी संस्थाबाट निकालिएकी पूजा बोहोरा र उनलाई आश्रय दिएका प्रदिप घिमिरे विरुद्ध खोजी गरी पाउँ भन्दै झुटो उजुरी हालेकी छन् ।

तर, परिसरमा विहिबार बोहोरा र उनकी साथी मानुषी शर्मा र घिमिरे आफै उपस्थित भएर उल्टै मेनुका विरुद्ध जाहेरी दिएपछि मेनुकाको झुटको खेती बाहिर आएको छ । प्रहरीले रक्षा नेपालाई बयानका लागि बोलाउँदा समेत मेनुका भने मोवाइल स्वीच अफ गरी फेसबुकमा स्टाटस पोष्ट गर्दै बसेकी छन् । मानुषी पनि पूजाका झैं संस्थाबाट निकालिएकी किशोरी हुन् ।

संस्थाकी अध्यक्ष मेनुकाले पत्रकार सम्मेलन मार्फत पूजालाई मानसिक सन्तुलन ठिक नभएको, उसको पछाडि कुनै व्यक्ति वा संस्था रहेको र उक्साहटमा सो कार्य गरेको आरोप लगाएर आफूलाई चोखी सावित गर्ने तयारी गरेको स्रोतले बतायो ।

मेनुकाले उल्टै फसाउन षड्यन्त्र गरेको थाहा पाएपछि पीडित पूजाले भनिन्,‘मलाई जे भने पनि फरक पर्दैन, म पुरै होसहवासमा छु । यदि मेरो अबस्था ठिक छैन भने मैले कसरी कोरियामा गोल्ड मेडल पाएँ ? कसरी मैले प्लस टु फस्ट डिभिजनमा पास गरे ? यि कुरा प्रमाणका रुपमा होलान् नि ।’

प्रहरीले बयानका लागि बाेलाउँदा समेत नगएकि संस्थाकी अध्यक्ष मेनुकाले अटेर गरेको खण्डमा उनलाई पक्राउ गर्ने तयारी समेत गरेको छ । पूजाको मोवाइल र फेसबुक समेत कब्जा गरी आफै चलाउँदै आएकी मेनुकामाथि साइबर क्राइममा समेत मुद्दा चल्ने अवस्था देखिन्छ । मेनुकाले संस्थामा आश्रीत अन्य बालबालीकाहरुको पनि फेसबुक र मोवाइल प्रयोग गरी दुरुपयोग गरेको यस अघि पूजाले पत्रकार सम्मेलन मार्फत बताएकी थिइन् । 

Comments

Top