प्रदेशको सुरक्षा अवस्था मजवुत बनाउन डिआइजी बस्नेत सक्रिय

digsher

 दाङ । पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेतले प्रहरीको कामलाई स्वच्छ,जनमैत्रि र पारदर्शिता बनाउने आफ्नो मुख्य उदेश्य रहेको वताएका छन् । माइ न्युजनेपालसँग कुरा गर्दै डिआइजी बस्नेतले प्रदेश ५ को सुरक्षा अवस्था विगतको भन्दा थप मजवुत भएर जाने दाबी गरे ।

 पहाड र तराई मिसीएर बनेको यो भुगोलका वारेमा केही समयभित्रै निरीक्षण गर्ने र सुरक्षा योजना बनाउने तयारीमा रहेका डिआइजी बस्नेतले गुन्डागर्दी, आपराधिक कृयाकलाप र कानुनलाई चनौति दिने सबै गतिबिधी  निस्तेज पार्ने समेत उल्लेख गरे  ।  प्रदेशको सुरक्षा अवस्था मजवुत बनाउन नागरिक र प्रहरीको बीचमा हातेमालो गर्नुपर्ने डिआइजी बस्नेत वताउँछन् ।

 प्रहरी देख्ने वित्तिकै जनता डराउने नभई भर पर्ने वातावरण बनाउन आफु लागि पर्ने भन्दै जनताको विचमा गएर आफुले प्रत्यक्षरुपमा छलफल गरेर सुरक्षाको वारेमा गुनासो सुन्ने कार्यक्रम सञ्चालन गर्ने पनि उनी थप वताउँछन्  ।

 प्रहरीभित्र सुद्धिकरण र आर्थिक पारदर्शिता आवश्यक रहेको भन्दै पछिल्लो सुन काण्डले प्रहरीभित्र रहेका गलत क्रियाकलाप बाहिर  आएको र संस्था सुद्धिकरण हुनुका साथै जनताले विश्वास गर्ने वातावरण बन्दै गएको प्रदेश प्रहरी प्रमुख बस्नेतले वताए  । अपराध न्युनिकरणमा प्रहरी एक्लैले केही गर्न वताउँदै सबैको सहयोग भएमा अपराध न्युनिकरणमा शुन्य सहनशिलता अपनाउने समेत उनको भनाइ छ  । डिआइजी बस्नेतले  बैदेशिक रोजगारीका ठगी सम्वन्धि मुद्धामा प्रहरी कडा रुपमा प्रस्तुत हुने संकेत गरेका छन् । 

Comments

Top