एसपी बढुवामा पुर्व अाईजीपी अर्यालको चलखेल ,नेकपाका नेताको घरमा डिएसपी खत्री

khatriaryal

 काठमाडौं । कार्य दक्षता र मूल्याङ्कनमा पछाडि  रहेका केही डिएसपीहरुले राजनीतिक चलखेल गरेपछि डिएसपीबाट एसपी बढुवामा कठिनाई भएको छ । डिएसपीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, रवी पौडेल, कृष्णबहादुर पल्लीमगरलगायत एक दर्जन डिएसपीकै चलखेलका कारण बढुवा प्रक्रिया लम्बिएको छ ।

 यिनीहरु काम भन्दा पनि चाकडीमा रमाउने प्रहरी अधिकारी हुन । बढुवामा चलखेल गर्न पुर्व आइजीपी उपेन्द्रकान्त अर्यालका अन्धभक्त डिएसपी भुपेन्द्र खत्री गत जेष्ठ ७ गते नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का नेता बिष्णु पौडेलको भैसेपाटी स्थित घरमा पुगेका थिए । पौडेलसँगको भेटमा आईजीपी सर्वेन्द्र खनालले आफुलाई अन्याय गर्न खोजेको भन्दै खनालका बारेमा नकारात्मक कुरा गरेर खत्री त्यहाँबाट फर्केको स्रोतले वतायो । खत्री उनै डिएसपी हुन,जसले पुर्व आईजिपी अर्यालको सचिवालयमा रहँदा आफु भन्दा माथिका प्रहरी अधिकारीहरुलाई अर्यालको आडमा अभद्र व्यबहार देखाउने गर्दथे । 

 कुनै पनि जिल्लामा बसेर कमाण्ड नगरेका खत्री अर्यालले नै बढी नम्वर दिएको आधार बनाइ आफु एक नम्वर एसपी हुन्छु भन्दै हिंडेका छन्। स्रोतका अनुसार अर्याल आईजीपी छँदा खत्रीले आफ्ना केही प्रतिस्पर्धीलाई पुर्वाग्रह राखेर कारवाही गराएको बिषयले उनी बिबादमा तानिएका थिए। खत्री बढुवामा छुट्ने संभावना बढेपछि पुर्व अाइजीपी अर्यालले खत्रीलाई नेताहरुकहाँ पुगेर लबिङ गर्न उक्साएको स्रोत वताउँछ। २०६७ पुस २३ मा डीएसपी बढुवा भएका ५४ मध्ये ६ जना अवकाश भइसकेका छन् भने केही अवकाशको मुखमा छन् ।

 यो समूहका डीएसपीहरूमा गंगा पन्त, विश्व अधिकारी,शेखर खनाल, अभिनारायण काफ्ले,दीपशमशेर जबरा, रमेशकुमार बस्नेत, प्रवीण पोखरेल, मुकुन्द मरासिनी, ओमप्रसाद अधिकारी, बेलबहादुर पाण्डे, दीपकराज खरेल,सविन प्रधान, सोमेन्द्रसिंह राठौर,वसन्त रजौरे, श्यामकृष्ण अधिकारी छन् । 

 त्यस्तै, आभुशण तिम्सिना  केदार खनाल, विश्वमणि पोखरेल, रामप्रकाश साह, भीमबहादुर दाहाल, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, गोविन्द अधिकारी, तुलबहादुर कार्की, रविन्द्र रेग्मी, वीरबहादुर ओली, प्रज्वल महर्जन, अच्यूत पुडासैनी, नवीन राई, राजीव बस्नेत, रविकुमार पौडेल, विनोद सिलवाल, विमल कँडेल, नान्तीराज गुरुङ लगायत डिएसपी बढुवाको लाइनमा छन्  ।

Comments

Top